|
शैक्षिक कार्यक्रम
ईआईआईएलएम विश्वविद्यालयले असल व्यावसायिक तयार गर्नको लागि
सर्वोत्तम सुविधाहरू उपलब्ध गराउँछ । हाम्रो
पाठ्यक्रमहरूद्वारा रचनात्मक प्रतिभाहरूलाई प्रेरणा दिइन्छ
तथा नियमित सुधार तथा उद्योगहरूसँग लगातारको सम्पर्कको
कारणले उद्यमलाई प्रोत्साहन दिइन्छ ।
अध्यापन तथा अध्ययन शिक्षा
शास्त्र
ग्लोबल क्वालिटी पाठ्यक्रम तथा शिक्षा शास्त्रः पाठ्यक्रम
तथा शैक्षिक कार्यक्रम शिक्षा तथा उद्योग जगतका
सदस्यहरूलाई लिएर गठन गरिएको बोर्ड अफ स्टडिज द्वारा तयार
गरिएको छ । प्रत्येक पाठ्यक्रमको लागि अध्यादेश बनाइएको छ
। पाठ्यक्रमहरू हालको बजार प्रवृत्तिलाई हेरेर तयार गरिएको
छ । हाम्रो शिक्षा प्रणालीले परियोजनाहरूसँग प्रत्यक्ष
सम्पर्कद्वारा आधारभूत ज्ञान, वैज्ञानिक तथा प्राविधिक
अवधारणा तथा तिनीहरूको प्रयोगका साथै समकालीन कौशलता तथा
ज्ञानको विकास गर्नमा ध्यान केन्द्रित गरेको छ । विषयको
चयन तथा शिक्षाको गतिमा हामी पूरा लचकतालाई अनुमति दिन्छौ
।
प्रयोगमा आधारित शिक्षाः ईआईआईएलएमको प्रयोगमा आधारित
शिक्षा विशेष प्रकारको छ । सबै पाठ्यक्रमहरूलाई
सैद्धान्तिक अवधारणाहरूलाई वास्तविक परिस्थितिको
परिप्रेक्ष्यमा बुझिने तवरले तयार गरिन्छ ता कि शिक्षालाई
पुरै व्यवसाय अनुरूप बनाउन सकियोस् ।
पाठ्यक्रम सहायक सामग्री (सिएसएम): ईआईआईएलएम
पाठ्यक्रमभन्दा टाढा गहन तथा व्यापक सुझबुझको आवश्यकतालाई
स्वीकार गर्छ । पाठ्यक्रम सहायक सामग्री यी अतिरिक्त
अपेक्षाहरू अनुरूप बनाइएको छ । ईआईआईएलएमको पाठ्यक्रम
सहायक सामग्रीमा निम्नलिखित समावेश छन् :
व्यवहारिक प्रशिक्षण तथा
उद्योगहरूको भ्रमण
यो पाठ्यक्रमको अभिन्न अङ्ग हो र यसको मूल्यांकन परियोजना
रिपोर्ट तथा प्रस्तुतिहरूको माध्यमद्वारा गरिन्छ । एउटा
जाडो महिनामा र एउटा गर्मी महिनामा गरी प्रत्येक छात्रलाई
प्रति वर्ष कम्तीमा पनि दुईवटा परियोजनाहरू गर्नु पर्छ ।
शैक्षिक प्रणालीमा अन्तर्निहित केही कारकहरूको कारणले
ईआईआईएलएमको शिक्षा आकर्षणको विषय रहेको छ । कुनै खास
पाठ्यक्रमको लागि औपचारिक कक्षाहरू प्रारम्भ गर्नु भन्दा
पहिला हामीले प्रत्येक पाठ्यक्रमको लागि समीक्षा तथा
अभिमुखीकरण अवधि राखेका छौ । समीक्षा तथा अभिमुखीकरण
निम्नलिखित तवरले गरिन्छ :
समीक्षा संयन्त्र (आरएम)
यसमा विश्लेषणको दुईवटा अवस्थाहरू हुन्छन्
पूर्व शिक्षाको आकलन (एपीएल)
भावी सम्भावनाको आकलन (एएफपी)
एपीएलको कारणले पहिले नै अध्ययन गरिएको विषय, ज्ञात
पद्धतिहरू तथा उपलब्ध सम्पूर्ण ज्ञान अनुकूल उपकरणहरूको
पहिचान गर्नमा मद्दत मिल्छ । प्रत्येक छात्रको यो विश्लेषण
गरिन्छ तथा यसबाट छात्रहरूको लागि डाटा प्याकेज तयार
गरिन्छ । यो आँकडा प्रत्येक सेमिस्टरमा तयार गरिन्छ र
त्यसलाई कार्यक्रम समाप्त हुदासम्मको लागि सही ढङ्गले
राखिन्छ । एपीएलमा पाठ्यक्रमको अवधिमा विषयहरूको पूर्व
आवश्यक सर्तहरूमा पाइने कमी कमजोरीहरूलाई आकलन गरिन्छ ।
कुनै खास विषयमा कमजोर पाइएको छात्रलाई त्यस विषयमा विशेष
उपचारात्मक प्रशिक्षण दिइन्छ ताकि छात्रले आफ्नो कमजोरीलाई
हटाउनमा अपेक्षा गरिएको स्तर प्राप्त गर्न सकोस् । विशेष
प्रशिक्षणको अतिरिक्त प्रत्येक छात्रको लागि सामान्य
जागरूकता कार्यक्रम हुन्छ । वास्तविक सत्र सुरु हुनु भन्दा
पहिला एक महिनाको सामान्य जागरूकता कार्यक्रम हुन्छ ।
ईआईआईएलएमको कारणले छात्रहरूले आफ्नो क्यारियरको विकल्पको
सही मिश्रण तथा प्रोफाइल पहिचान गर्न सक्छ । यो व्यवस्थापन
सूक्ष्म प्रयोगशाला (एमएमएल) द्वारा व्यक्तित्व मानचित्रको
मिश्रण हो । प्रत्येक छात्रलाई वर्षको एक पटक (एमएमएल) को
लाभ प्राप्त हुनेछ । एमएमएल मूलतः व्यवस्थापन धाराको लागि
हो तर यस वर्षदेखि यसलाई अन्य विषयहरूको लागि समेत लागू
गरिएको छ ।
एमएमएलको अन्य धाराहरूबाट सम्बन्धित छात्रले पिन अब देखि
वर्षको एक पटक एमएमएलको लाभ उठाउन सक्छ ।
समीक्षा अवधि समाप्त भैसकेपछि औपचारिक गतिले पाठ्यक्रम
प्रारम्भ हुन्छ । पाठ्यक्रमलाई विषयहरूको कार्यको रूपमा
उलब्ध गराइन्छ । बहु कार्यात्मक पाठ्यक्रमको लागि शिक्षा
शास्त्र एकल कार्य पाठ्यक्रमको तुलनामा बढी व्यापक हुन्छ ।
व्यवस्थापन कार्यक्रम बहु कार्यात्मक हुन्छ भने जैविक
प्रविधि तथा जन संचार कार्यक्रम एकल कार्यात्मक हुन्छ । यस
संस्थामा अध्यापन तथा अध्ययनको लागि सामान्य शिक्षा
शास्त्रको केही विशेष विकल्प हुन्छ जुन अन्य क्षेत्रको लागि
समेत उपलब्ध हुनेछ ।
संकाय विकास कार्यक्रम
छात्रहरूको क्यारियर तथा व्यक्तित्व निर्माणमा संकायको
महत्त्वपूर्ण भूमिका हुन्छ । हामी शिक्षाको लागि प्रयोग
गरिने केही नवीनतम् प्रविधि तथा पद्धतिहरूको साथमा शिक्षा
तथा ज्ञानको प्रचार प्रसार गर्नको लागि नियमित रूपले संकाय
विकास कार्यक्रम आयोजना गर्ने गर्छौ । यसबाट संकायको लागि
समेत यस्तो मञ्च उपलब्ध हुन्छ जहाँ तिनीहरूले विभिन्न
विषयहरूमाथि आफ्नो विचारहरू आदान प्रदान गर्न सक्छन् ।
ईआईआईएलएमले छात्रहरूको लागि विशेष रूपले बनाइएको
प्रशिक्षण कार्यक्रम उपलब्ध गराउँछ ताकि तिनीहरूले आफ्नो
रोजगार कौशलमा सुधार ल्याउन सकोस् अनि अझ बढी दक्ष ढङ्गले
अन्तर्वार्ता वोर्डको सामना गर्नमा सक्षम हुन सकोस् । यस
पाठ्यक्रमको लक्ष्य छात्रहरूलाई आत्म विश्वासकासाथ राम्ररी
तालिम प्राप्त गरेको पेसाकर्मीको समग्र उन्नति तथा विकासमा
आवश्यक पर्ने क्षेत्रहरूमाथि जोड दिँदै व्यक्तित्व
विकाससँग सम्बन्धित एकीकृत ढाँचा उपलब्ध गराउनु हो । यो
पाठ्यक्रम प्रत्येक छात्रलाई आफ्नो व्यक्तित्वमा विशेष गुण
उत्पन्न गर्नमा सहायक हुने छ ।
यो कार्यक्रम कैयन् कार्यक्रमहरूद्वारा बनेको छ जसमा
आधुनिक संगठनहरूको सफलताको लागि अनिवार्य रहेको व्यवस्थापन
क्षेत्रको बारेमा विशेष जानकारी उपलब्ध गराइन्छ । तिनीहरूले
नोकरीमा दरखास्त दिने विधि, कौशल संगठन तथा योजना तथा
संभावित रोजगारदातासँग कुराकानी गर्ने तरिका समेत सिक्छन्
। कार्य अपेक्षाहरूमा ती कुराहरू सामेल हुन्छन जसलाई
मानिसहरू आफ्नो व्यवसायमा घटित हुन सक्ने सम्भावना भएको
भनेर चल्छन् । जसको स्पष्ट रूपले परिभाषित तथा सु
व्यवस्थित अपेक्षाहरू हुन्छन् तिनीहरूलाई आफ्नो कार्यमा बढी
सन्तुष्टि तथा सफलता प्राप्त हुन्छ ।
यस कार्यक्रमले मानिसहरूलाई आफ्नो क्षमता निखार्नमा सहायता
पुर्याउँछ ।
तिनीहरूको आकांक्षाहरूलाई पहिचान गर्छ ।
रोजगारदाताहरूको अपेक्षाहरूलाई बुझ्छ ।
कुराकानी गर्न, कार्य सुरु गर्न तथा अपेक्षाहरूमा
सामञ्जस्य कायम गर्न सिक्छ ।
तिनीहरूको दृष्टिकोणमा सुधार ल्याउँछ तथा कार्य प्रतिको
दृष्टिकोणलाई उच्च बनाउँछ ।
नोकरीबाट बढी सन्तुष्टि पाए बाट तथा सुधारिएको कार्य
सम्पादनबाट उत्पन्न हुने लाभ पाउँछ ।
विश्वसनीयता, आत्म उत्प्रेरणा, अनुशासन र व्यक्तिगत पूर्णता
लगायत छात्रहरूलाई कार्य गर्ने असल बानीबारे सिकाइन्छ ।
ईआईआईएलएमका शिक्षाविदहरू उद्योग जगतका विशेषज्ञहरू तथा
विभिन्न पाठ्यक्रमहरूको लागि योग्य मनोवैज्ञानिकहरूद्वारा
प्रत्येक क्षेत्रका व्यवसायिक अपेक्षाहरू अनुसार सफ्ट
स्कील तालिमका अलग अलग ढाँचाहरू तैयार गरिन्छ ।
यस कार्यक्रममा व्यक्तिगत कौशल विकास र व्यवस्थापन कौशल
विकास गरेर दुईवटा विशेष अवयवहरू छन् ।
व्यक्तिगत कौशल
क्यारीयर योजना
व्यक्तिगत उद्देश्य निर्धारण तथा विकास
आत्म सम्मानको विकास
सकारात्मक शारीरिक भाव मुद्रा
समय व्यवस्थापन कौशल
सम्झौता कौशल
संवाद कौशल
परियोजना व्यवस्थापन प्रशिक्षण
प्रस्तुतीकरण तथा सार्वजनिक भाषण
बैठक योजना
टोली निर्माण तथा नेतृत्व कौशल |