इष्टर्न इन्स्टिच्यूट फर इन्टिग्रेटेड लर्निङ इन मेनेजमेन्ट (ईआईआईएलएम) विश्वविद्यालय

 

ईआईआईएलएम विश्वविद्यालयको परिचय

ईआईआईएलएम विश्वविद्यालय, जोरथाङ सिक्किम विश्वविद्यालय अनुदान आयोगको पत्र संख्या एफ ९ - १९/२००७ (सीपीपी १) तारिक ९ मे २००८ द्वारा सम्पूर्ण रूपले मान्यता तथा स्वीकृति प्राप्त गरेको छ अनि यसको स्थापनाम सिक्किम राज्य विधान अधिनियम संख्या ४, २००६ सिक्किम सरकारको मातहतमा भएको हो । यस अधिनियमलाई सिक्किम सरकारको राजपत्र अधिसूचना संख्या २८/एलडी/२००६ तारिक ३ अप्रेल २००६ को मातहतमा अधिसूचित तथा प्रकाशित गरिएको थियो ।

ईआईआईएलएम विश्वविद्यालय यूकेएएसद्वारा प्रतिष्टित आइएसओ ९००१ : १४००१ प्रमाणपत्र प्रदान गरिएको राष्ट्रको पहिलो विश्वविद्यालय हो ।
ईआईआईएलएम विश्वविद्यालयको जग वर्षौ देखि स्थापित सुदृढ शैक्षिक सिद्धान्तहरूमा राखिएको छ । यो विश्वविद्यालय भारतमा अन्तर्राष्ट्रिय स्तरको मानक शिक्षा प्रदान गर्ने परम्परालाई निर्वाहन गर्छ ।         
               

Read More

 

दूरस्थ शिक्षा निर्देशनालय

ईआईआईएलएम विश्वविद्यालयमा दूरस्थ शिक्षा निर्देशनालय स्थान, समय तथा उमेरको बाधाहरू बिना व्यवसायिक शिक्षा प्राप्त गर्नको लागि नयाँ अवसर खोल्छ । यसले तपाईलाई आफ्नो क्यारियरमा बिना रोक टोक डिग्री प्राप्त गर्नमा समर्थ बनाउँछ । सेवारत व्यवसायिहरूलाई पनि आफ्नो क्यारियरमा उत्कृष्टता हासिल गर्नको लागि आफ्नो योग्यताहरू बढाउने आवश्यकता महसुस हुन्छ ।

Read More

 

प्रवेश प्रक्रि‍या

इच्छुक उम्मेदवारले नियम पुस्तिकासँग संलग्न रहेको छापिएको फारममा आवेदन दिन सक्छन् अथवा त्यसलाई हाम्रो वेभ साइट www. ddl.eiiluniversity.ac.in बाट डाउनलोड गर्न सक्नेछन् वा हाम्रो अनुमोदित प्रवेश, शैक्षिक तथा प्लेसमेन्ट सहायता केन्द्रहरूबाट रू ३०० नगद भुक्तानी गरेर वा डायरेक्ट्रेड अफ डिस्टेस लर्निङ, ईआईआईएलएम विश्वविद्यालय को नाममा दिल्लीमा पे डिमाण्ड ड्राफ्ट द्वारा प्राप्त गर्न सक्नुहुन्छ । विधिवत् रूपले भरिएको डाउनलोड फारम रू ३०० नगद वा शुल्कको प्रथम किस्तासँग डिमाण्ड ड्राफ्टको रूपमा स्विकार गरिने छ ।

Read More

 

परीक्षा प्रक्रि‍या

परीक्षा वर्षमा दुई पटक हुनेछ ।
परीक्षाको माध्यम केवल अंग्रेजी मात्र हुनेछ ।
निर्धारित परीक्षा शुल्क प्रवेश/पंजीकरण/पुनःपंजीकरण फारम सँग लिइने छ ।
ईआईआईएलएम विश्वविद्यालयद्वारा अनुमोदित परीक्षा योजना तथा पाठ्यक्रम अनुसार प्रत्येक छात्रको परीक्षा लिइने छ । उपयुक्त तथा/वा आवश्यक ठानिएमा पाठ्यक्रम/विषय वस्तुमा परिवर्तन गर्ने अधिकार ईआईआईएलएम विश्वविद्यालयसँग सुरक्षित रहने छ ।

Read More

 

विश्वविद्यालय अनुदान सहयोगको अनुमोदन

 

विश्वविद्यालय अनुदान आयोगको अनुमोदन पत्र (यहाँ क्लिक गर्नुहोस् )

ईआईआईएलएम विश्वविद्यालय, जोरथाङ, सिक्किमले विश्वविद्यालय अनुदाय आयोगको पत्र संख्या एफ एफ ९ - १९/२००७ (सीपीपी १) तारिक ९ मे २००८ द्वारा सम्पूर्ण रूपले मान्यता तथा स्वीकृति प्राप्त गरेको छ अनि यसको स्थापना सिक्किम राज्य विधान अधिनियम संख्या ४, २००६ सिक्किम सरकार अन्तर्गत स्थापित छ ।

Read More

 

EIILM University
Jorethang, District Namchi
Sikkim- 737121
India
E-mail : info@eiilmuniversity.ac.in