इष्टर्न इन्स्टिच्यूट फर इन्टिग्रेटेड लर्निङ इन मेनेजमेन्ट (ईआईआईएलएम) विश्वविद्यालय

परीक्षा प्रक्रिया
परीक्षा वर्षमा दुई पटक हुनेछ ।
परीक्षाको माध्यम अंग्रेजी मात्र हुनेछ ।
निर्धारित परीक्षा शुल्क / पञ्जीकरण / पुनः पञ्जीकरण फारमसँग लिइने छ ।


ईआईआईएलएम विश्वविद्यालयद्वारा अनुमोदित परीक्षा योजना तथा पाठ्यक्रम अनुसारले प्रत्येक छात्रको परीक्षा लिइने छ । उपयुक्त तथा /अथवा आवश्यक लागेको खण्डमा पाठ्यक्रम/ विषयवस्तुमा परिवर्तन गर्ने अधिकार ईआईआईएलएम विश्वविद्यालयसँग सुरक्षित रहनेछ ।
परीक्षा प्रारम्भ हुनु भन्दा पहिला ईआईआईएलएम विश्वविद्यालयको वेभ साइटको साथै क्याम्पसमा पनि परीक्षा तालिका प्रदर्शन गरिने छ । परीक्षा प्रारम्भ हुनु भन्दा पहिला नै छात्रहरूलाई प्रवेश पत्र जारी गरिने छ । यदि कुनै उम्मेदवारलाई उपर्युक्त सन्दर्भमा कुनै सूचना प्राप्त नभएमा उसले तत्काल प्रवेश कार्यालयमा सम्पर्क गर्नु पर्छ ।
योग्यता सम्बन्धी कागजात पेश नगरेको खण्डमा वा त्यसको रुजू कार्य समाप्त नभएको अवस्थाका केही मामिलाहरूमा उम्मेदवारहरूलाई अस्थायी योग्यता कागजातको रूपमा अनुक्रमांक जारी गरिने छ । तथापि, यो उसको प्रवेशको पुष्टि होइन र कुनै पनि स्तरमा कुनै विसंगति पाइएमा उसको प्रवेश रद्द गरिन सक्छ ।

महत्त्वपूर्ण टिप्पणीहरू

कुनै खास समयमा कुनै स्पष्टीकरण लीन आवश्यक भएमा कुलपतिको निर्णय अन्तिम तथा बाध्यात्मक हुनेछ ।
उम्मेदवारहरूलाई यो सल्लाह दिइन्छ कि तिनीहरू नविनतम घटनाक्रम तथा सूचनाहरूको जानकारी प्राप्त गर्नको लागि समय समयमा विश्वविद्यालयको वेभ साइट हेर्दै गर्नु पर्छ । वेभसाइटमा दर्शाइएको अनुदेश / सूचनाहरू उम्मेदवारहरूलाई प्रेषित गरिएको मानिने छ ।

यदि कुनै विवाद भएमा त्यसको समाधान सिक्किम राज्यका क्षेत्राधिकार मा गरिने छ ।
 

Switch to English Website