|
प्रवेश
प्रक्रिया (नियमित)
ईआईआईएलएम
विश्वविद्यालयका केन्द्रहरूबाट प्रवेशको लागि निवेदन दिने
निवेदकले निम्नलिखित निर्देशनहरू सावधानी पूर्वक अध्ययन
गर्नु पर्छः
उम्मेदवारको
वाञ्छित पाठ्यक्रमको लागि न्यूनतम अपेक्षित योग्यता पूरा
गर्नुपर्छ तथा मान्यता प्राप्त संसाधनको संवद्ध प्रमाणपत्र
डिग्री/
डिप्लोमा हुनु पर्छ ।
ईआईआईएलएम
विश्वविद्यालयमा अध्ययन गर्न चाहेको पाठ्यक्रम उपलब्ध
रहेको बारे निवेदन दिनु भन्दा पहिला उम्मेदवारहरूलाई
सूचित गरिनु पर्छ (हाल साबिकको सूचीपत्र तथा वेभ साइटमा
उपलब्ध रहेको) तथा उक्त पाठ्यक्रमको लागि निर्धारित
योग्यता पुरा भएको हुनुपर्छ । विश्वविद्यालयमा प्रत्येक
वर्ष जनवरी र जुलाईमा वर्षको दुई पटक प्रवेश दिइने छ ।
कसरी निवेदन गर्ने ?
उम्मेदवारले
रू ५०० शुल्क भुक्तान गरेर प्रवेश कार्यालय, ईआईआईएलएम
विश्वविद्यालय, सिक्किम क्याम्पसमा उपलब्ध रहेको
प्रोस्पेक्टसको साथमा रहेको आवेदन फारम भरेर निवेदन निनु
पर्छ । उम्मेदवारले वेभसाइटबाट आवेदन फारम डाउनलोड गरेर
ईआईआईएलएम युनिभर्सिटीले भुक्तानी पाउने गरी खरिद गरिएको
रू ५०० को डिमाण्ड ड्राफ्टको अतिरिक्त भरना तथा प्रशासनिक
शुल्क संलग्न राखेर पनि आवेदन दिन सक्छन् । एक पटक विक्री
भैसकेको आवेदन फिर्ता लिइने छैन र आवेदन शुल्क फिर्ता
गरिने वा समायोजन गरिने छैन ।
आवेदकले
आफ्नो हस्तलिपिमा सबै दृष्टिले पूर्ण रूपले भरिएको आवेदन
पत्र पेश गर्नु पर्ने छ । कालो वा नीलो मसीले प्रस्ट
लेखिएको फारम पढ्न सकिने होस भन्नेबारे विशेष ध्यान दिनु
पर्ने छ ।
आवेदन फारम
भर्दाखेरि एउटा अक्षरमाथि अर्को अक्षर लेखिएको हुनु हुँदैन
साथै कुनैपनि स्थान खाली छोडिएको हुनु हुँदैन छात्रहरूले
निम्नलिखित कागजातहरू उपलब्ध गराउनु पर्नेछ ।
पासपोर्ट
साइजको तस्विर ४ प्रति
१० कक्षा, १२
कक्षा तथा स्नातक तह उत्तीर्ण गरेको प्रमाणपत्र तथा अंक
तालिकाहरूको राजपत्रांकित अधिकृत नोटरी पब्लिकद्वारा
प्रमाणित प्रतिलिपि
अपेक्षित
योग्यता सम्बन्धी कागजातहरू विधिवत् रूपले प्रमाणित
प्रतिलिपिहरू संलग्न गर्नु पर्ने छ । योग्यता प्रमाणित
गर्ने कागजातहरू उपलब्ध नभएमा कुनै पनि फारम स्वीकृत हुनै
छैन ।
यदि योग्यता
सम्बन्धी प्रमाण (अर्थात् अन्तिम वर्षको अंक तालिकाहरू/डिग्री
प्रमाणपत्रको प्रमाणित प्रतिलिपि) आवेदन पत्रसाथ संलग्न
नभएमा विश्वविद्यालयको विवेक अनुसार अस्थायी प्रवेश दिइनेछ
जसको पुष्टि सम्बन्धित कागजात प्रस्तुत गरेपछि गरिने छ ।
त्यस्ता छात्रले विश्वविद्यालयले मागेको प्रमाणित
कागजातहरू प्रस्तुत गर्नु पर्ने छ ।
चयन
प्रक्रिया
सबै
पाठ्यक्रमहरूमा प्रवेश ईआईआईएलएम विश्वविद्यालयद्वारा
आयोजित ईयु एसएटी/ईयु
एमईटी/ईयु
सिएटी/ईयु
जीआरई जस्ता सम्बन्धित प्रतियोगी परीक्षाहरूको आधारमा
दिइन्छ ।
उत्तीर्ण अंक
प्राप्त गरेको छात्र जीडी तथा पी1
को लागि
योग्य हुनेछन् ।
जीडी तथा पी1
उत्तीर्ण
भएका आवेदकहरूलाई चाहेको पाठ्यक्रममा प्रवेश दिइने छ ।
व्यक्तिगत छात्रहरूले आफ्नै हस्तलिपिमा भरिएको तथा हर
प्रकारले पूर्ण निर्धारित आवेदन पत्रमा विश्वविद्यालयका
अनुमोदित केन्द्रहरूको माध्यमबाट प्रस्तुत आवेदन अनुसारले
प्रवेश दिइने छ । फारम पढ्न सकिने भएको तथा कालो वा नीलो
मसीले स्पष्ट बुझिने गरी भरीएकोबारे विशेष ध्यान दिनु
पर्ने छ । आवेदन फारममा कुनै पनि अक्षर माथि अर्को अक्षर
लेखिएको हुनु हुँदैन तथा फारम खाली छोडिएको हुनु हुँदैन ।
अपेक्षित
योग्यता सम्बन्धी कागजात संलग्न रहेको हुनु पर्छ । (कृपया
योग्यता हेर्नुहोस्) योग्यता सम्बन्धी कागजातहरू बिना कुनै
पनि आवेदन फारम स्वीकार गरिने छैन ।
अपेक्षित
शुल्कसाथ विधिवत् पूर्ण रूपले भरिएको आवेदन फारम
विश्वविद्यालयलाई प्राप्त भएपछि उम्मेदवारहरूको
अनुक्रमांक, परिचय पत्र आदि कागजातहरू उचित समयमा प्राप्त
हुनेछ । यदि कुनै कागजातमा कुनै गल्ती रहेको पाइएमा वा
त्यसमा कुनै कुरा सच्याउन
आवश्यक भएमा
उम्मेदवार /
केन्दाध्यक्ष
लाई आवश्यक सुधार जारी गर्ने मितिदेखि २० दिन भित्र
ईआईआईएलएम विश्वविद्यालयलाई सूचित गर्नु पर्छ ।
भुल सुधार
गर्ने अनुरोध गरिएमा त्यसको लागि आवेदन मूल कागजातहरू
संलग्न राखेर रातो मसीले विधिवत् सच्याइएको आवेदनको
प्रतिलिपि पठाउनु पर्छ । त्यसपछि परिवर्तन गर्ने वा
सच्याउने सम्बन्धी अनुरोधलाई प्रत्येक पटक रू ३०० शुल्क
भुक्तान गरेपछि मात्र स्वीकार गरिने छ ।
सीट आरक्षण
मापदण्ड
ईआईआईएलएम
विश्वविद्यालय मानवता, सहनशीलता, तर्क, प्रगति, विचारहरूको
साहस तथा सत्यको अन्वेषणको प्रतीक हो । विश्वविद्यालयको
मार्गदर्शी सपना मानवतालाई प्रगतिको पथमा अग्रसर गर्नमा
मद्दत गर्नु हो जुन समाजको सबै वर्गको कल्याण बिना संभव
छैन । विश्वविद्यालय सबैभन्दा आवश्यक भएकाहरूको निमित्त
सहायता उपलब्ध गराउन प्रति वचनबद्ध रहेको छ ।
विश्वविद्यालयले मूल निवासी तथा अन्य श्रेणीका
उम्मेदवारहरूलाई छात्रवृत्ति दिनेछ ।
उपर्युक्त
प्रत्येक श्रेणीको लागि ५ प्रतिशत सिट आरक्षण गरिएको छ ।
छात्रवृत्तिहरू
ईआईआईएलएम
विश्वविद्यालय, सिक्किम मूल निवासी छात्रवृत्ति
विश्वविद्यालयले सिक्किमका सबै छात्रहरूलाई २५ प्रतिशत
छात्रवृत्ति उपलब्ध गराउने छ ।
ईआईआईएलएम
विश्वविद्यालय, सिक्किम योग्यतामा आधारित छात्रवृत्ति
गैर स्नातक
पाठ्यक्रम
प्रतिशत
प्राप्तांक*
प्रतिशत छात्रवृत्ति
७० -
७४.९ १०
७५ -
७९.९
२०
८० -
८४.९ ५०
८५ -
८९.९ ७५
९५ -
१०० १००
* कक्षा १२
को परिणाममा आधारित
अधिकार सम्पन्न निकाय
|