|
ईआईआईएलएम विश्वविद्यालयको
परिचय
ईआईआईएलएम
विश्वविद्यालय, जोरथाङ सिक्किम विश्वविद्यालय अनुदान
आयोगको पत्र संख्या एफ ९
- १९/२००७
(सीपीपी १) तारिक ९ मे २००८ द्वारा सम्पूर्ण रूपले मान्यता
तथा स्वीकृति प्राप्त गरेको छ अनि यसको स्थापनाम सिक्किम
राज्य विधान अधिनियम संख्या ४, २००६ सिक्किम सरकारको
मातहतमा भएको हो । यस अधिनियमलाई सिक्किम सरकारको राजपत्र
अधिसूचना संख्या २८/एलडी/२००६
तारिक ३ अप्रेल २००६ को मातहतमा अधिसूचित तथा प्रकाशित
गरिएको थियो
ईआईआईएलएम
विश्वविद्यालय यूकेएएसद्वारा प्रतिष्टित आइएसओ ९००१
: १४००१
प्रमाणपत्र प्रदान गरिएको राष्ट्रको पहिलो विश्वविद्यालय
हो ।
ईआईआईएलएम
विश्वविद्यालयको जग वर्षौ देखि स्थापित सुदृढ शैक्षिक
सिद्धान्तहरूमा राखिएको छ । यो विश्वविद्यालय भारतमा
अन्तर्राष्ट्रिय स्तरको मानक शिक्षा प्रदान गर्ने
परम्परालाई निर्वाहन गर्छ । यो ग्लोबल स्तरमा आफ्नो
उपस्थिति जनाउनको लागि यही महान् परम्परालाई कायम राख्नको
लागि प्रयत्नशील छ । ईआईआईएलएम विश्वविद्यालयमा शैक्षिक
कार्यक्रमलाई असल शैक्षणिक तथा औद्योगिक मानकहरूलाई
कसौटीमा राखेर हेरिन्छ । यहाँ क्यारीयर उन्मुख योग्यताहरू
सामेल भएका कैयन् प्रकारका कार्यक्रमहरू सञ्चालन गरिन्छ ।
औद्योगिक उपेक्षाहरू र छात्रहरूको आकांक्षाहरूलाई पुरा
गर्नको लागि पाठ्यक्रमहरूलाई समय समयमा समीक्षा गरिन्छ ।
पौद्योगिक प्रधान विश्वको चुनौतीहरूलाई मुकाबिला गर्नको
लागि छात्रहरूले आफ्नो बुद्धि, रचनात्मक प्रतिभा तथा
नेतृत्व कौशललाई प्रयोग गर्ने मौका प्राप्त होस भन्ने
उद्देश्यले पाठ्यक्रमहरूलाई तयार गरिन्छ ।
संगठनात्मक
ढाँचामा परिवर्तन आओस् भन्ने उद्देश्य राखेर छात्रहरूले
गहन ज्ञान तथा विशेष प्रकारको कौशलद्वारा आर्जन गर्ने अवसर
प्राप्त होस भन्ने उद्देश्यले कार्य क्षमता तथा कुशलतामा
वृद्धि आउन सकोस् भन्ने ईआईआईएलएम विश्वविद्यालयको निरन्तर
प्रयास रहेको छ । ईआईआईएलएम विश्वविद्यालय आफ्नो सपना पुरा
गर्नको लागि तथा एउटा सफल क्यारियरको क्षमतामा वृद्धि
गर्नमा सहायता पुर्याउँछ । प्राविधिक तथा शिक्षक दुवै
मिलेर एउटा यस्तो व्यवस्था स्थापित गर्ने प्रयास गरिन्छ
जसमा प्रत्येक छात्रको व्यक्तिगत आवश्यकताहरूलाई पुरा
गर्ने स्वन्त्रता सु निश्चित गर्दै उच्चस्तरीय शैक्षिक
मानदण्डहरूलाई पुरा गरिन्छ ।
प्रायोजक
निकाय
ईआईआईएलएम
विश्वविद्यालयको प्रायोजक निकाय इष्टर्न इन्स्टिच्यूट फर
इन्टिग्रेटेड लर्निङ इन मेनेजमेन्ट (ईआईआईएलएम)
विश्वविद्यालय कलकत्ता हो जसको स्थापना विविध
कार्यक्रमहरूको माध्यमद्वारा भारतमा असल तथा क्यारियर
उन्मुख शिक्षा प्रदान गर्ने उद्देश्य १९९५ मा गरिएको थियो
। ईआईआईएलएमको उद्देश्य शैक्षिक जानकारी, विभिन्न प्रकारको
कौशल तथा ज्ञानद्वारा शिक्षाप्रद अनुभवहरूको साथ
छात्रहरूलाई सक्षम बनाउनु हो ।
ईआईआईएलएमको
ध्यान शिक्षा प्रदान गर्नु तथा कौशल तथा क्षमताहरूको विकास
गर्नमा केन्द्रित रहेको छ ताकि छात्रहरूमा गर्व, जिज्ञासा
तथा उपलब्धिको महसुस उत्पन्न हुन सकोस् । ईआईआईएलएमको
नाउँमा ईक्युयुआइएस (युरोपियन क्वालिटी सर्टिफिकेशन अफ
युनिवर्सिटि इजुकेशन) को असल मापदण्ड हासिल गरेको रेकर्ड
रहेको छ ।
आफ्नो
स्थापना काल देखि नै भारत सरकारको अखिल भारतीय प्राविधिक
शिक्षा परिषदले ईआईआईएलएमको व्यापार व्यवस्थापनमा
स्नातकोत्तर डिप्लोमा (पीजीडीबिएम) लाई स्वीकृति दिएको
थियो । सन् १९५१ देखि केन्द्रीय विश्वविद्यालय रहेको
संस्थान विश्व भारतीको माध्यमद्वारा एमबिए कार्यक्रमको
सुरुवात गरिएको थियो । ईआईआईएलएमलाई विश्व भारतीको संघटक
महा विश्वविद्यालयको दर्जा प्राप्त भयो । विश्व भारतीले
आफ्नो बोर्ड अफ स्टडिजमा ईआईआईएलएम विश्वविद्यालयको
प्रतिनिधिहरूलाई सामेल गर्यो ईआईआईएलएमको विभिन्न संकायका
सदस्यहरूद्वारा प्रश्न पत्र तयार गरिएको थियो र तिनीहरूको
परीक्षण पनि गरिएको थियो ।
अक्टोबर सन्
२००७ मा बिजनेस इण्डियाद्वारा ईआईआईएलएम इन्स्टिच्युट,
कलकत्तालाई ए ग्रेड प्रदान गरियो । यस संस्थानले सबै शीर्ष
उद्योग तथा कर्पोरेटहरूको साथ सम्झौता गरेको छ र शत
प्रतिशत प्लेसमेन्टको रिकर्ड यसको नाममा रहेको छ ।
हाम्रो सपना
हामी एउटा
प्रमुख निकाय बन्नको लागि वचनबद्ध छौ जसको मिसन निम्नलिखित
उपायहरूद्वारा नेता, विजेता तथा सफल महानायक तयार गर्नु हो
:
·
परिपूर्ण
ज्ञान
·
रचनात्मक
प्रतिभा
·
कर्मचारी तथा
छात्रहरूलाई सक्षम बनाउनु
·
निरन्तर
सुधार
मिसन
आफ्नो
छात्रहरूलाई व्यवसायिक शिक्षा तथा शैक्षिक परिवेश उपलब्ध
गराउनु ।
२.
छात्रहरूलाई सर्वाङ्गीण विकास उपलब्ध गराउनु ।
३.
नयाँ आविष्कार तथा असल पद्धतिहरूलाई अपनाएर
नियन्त्रणलाई परिभाषित गर्नु तथा सबै प्रमुख प्रक्रियामा
लगातार सुधार गर्नु ।
४.
कर्मचारीहरूलाई अधिकतम कार्य प्रदर्शन स्तर हासिल
गर्नको लागि प्रोत्साहित गर्नु ।
विशेष योजना/छात्रवृत्तिहरू
ईआईआईएलएम
विश्वविद्यालयको मिशन शिक्षा क्षेत्रमा उत्कृष्टता हासिल
गरेर देशको कार्पोरेट, औद्योगिक, उद्यमी, आर्थिक, सामाजिक,
बौद्धिक तथा साँस्कृतिक विकासमा योगदान पुर्याउनु हो ।
ईआईआईएलएम विश्वविद्यालय महिला उम्मेदवारहरूलाई योग्यता
तथा आवश्यकताको आधारमा छात्रवृत्ति प्रदान गरेर आफ्नो
सामाजिक दायित्व पुरा गर्छ । यस छात्रवृत्तिले युवा
महिलालाई नियमित कार्यक्रम तथा दूरस्थ शिक्षा पद्धतिको
माध्यमद्वारा ईआईआईएलएम शिक्षा द्वारा आफ्नो क्यारियरलाई
अगाडि बढाउनको लागि प्रोत्साहन प्राप्त हुन्छ ।
ती उपेक्षित
बे घरबार युवतिहरूलाई सशक्त बनाउने तथा एक्काइसौं
शताब्दीमा युवा महिलाहरूलाई असल शिक्षा तथा क्यारियर अवसर
उपलब्ध गराउनको लागि ईआईआईएलएमद्वारा गरिएको यो पनि एउटा
अग्रणी प्रयास हो ।
विभिन्न गैर
सरकारी संगठनहरू, विद्यालय प्रधान अध्यापक तथा ईआईआईएलएम
विश्वविद्यालयको दाखिला विभागद्वारा नामाङ्कन गरिएको
छात्राहरूको चयन योग्यता तथा
आवश्यकताको
आधारमा गरिन्छ ।
|